मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार प्रदेश बागमती प्रदेश

मलमासको अन्तिम सोमबारे औँसी, देवघाटधाममा स्नान तथा पूजाआजा गर्नेको घुँइचो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
मलमासको अन्तिम सोमबारे औँसी, देवघाटधाममा स्नान तथा पूजाआजा गर्नेको  घुँइचो
चितवन, असार १ :

चितवन, नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुँइचो लागेको छ ।

सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा धार्मिक अनुष्ठान गरेका छन् ।

धार्मिक विश्वासअनुसार सोमबारे औँसीका दिन देवघाटमा स्नान तथा पूजाआजा गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले हरेक वर्ष यस अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ । यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौं श्रद्धालु देवघाट पुगेका छन् ।

श्रद्धालुको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाले तीर्थयात्रीको सहजताका लागि आवश्यक व्यवस्थापन गरेका छन् ।

मलमासको अन्तिम दिन देवघाटधाममा भक्तजनको भरिभराउ भएको छ भने धार्मिक गतिविधिले क्षेत्रको वातावरण थप भक्तिमय बनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार