श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारलाई प्रचारमुखीभन्दा जनमुखी काम गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विशेषगरी गृहमन्त्रीलाई जनताका समस्याप्रति थप संवेदनशील र सक्रिय हुन आग्रह गरे।
उनले माइतीघर क्षेत्रमा विभिन्न माग राख्दै लामो समयदेखि धर्ना र आन्दोलनमा बसेका नागरिकहरूको विषयमा सरकारको ध्यानाकर्षण गराए। वर्षौँदेखि तथा महिनौँसम्म विभिन्न समूहले माइतीघरमा आन्दोलन गरिरहेकाले उनीहरूको माग र समस्याबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
साम्पाङले गृहमन्त्रीको कार्यशैलीको प्रशंसा गर्दै आवश्यक विषयमा छिटो निर्णय र पहल गर्ने क्षमता रहेको बताए। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, “हाम्रो गृहमन्त्रीज्यू अत्यन्तै ‘क्विक एक्सन’ लिनुहुन्छ। उहाँ आफैँ पनि सम्बन्धित क्षेत्रमा पुगेर अनुगमन गर्नुहुन्छ।”
“त्यहाँ दशौँ थरीका मानिसहरू वर्षौँ वर्ष र महिनौँसम्म बसिरहेका छन्। नेपाल सरकारले उनीहरूको माग के हो भन्ने कुरा बुझेर न्याय दिनुपर्छ,” उनले भने।
साम्पाङले आन्दोलनरत पक्षका मागहरूको निष्पक्ष मूल्यांकन गर्दै उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक