मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार राजनीति

रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट

सक्रिय न्युज · बुधबार, ३ असार, २०८३ मा प्रकाशित
रास्वपा महाधिवेशनमा आउने  पाहुनाको सम्मानमा छुट
चितवन, असार ३ :

यहाँस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् ।

सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।

आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम  महाधिवेशन हुन गईरहेको छ । सो महाधिवेशन आउने अतिथिहरुका सम्मानमा कुनैपनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् ।  

होटल व्यवसायि सङ्घ चितवनका  अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि  आवासमा २५ प्रतिशत,  खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । 
    
भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई  छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए नपाएको  अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको छ,  क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।  

क्षेत्रीय होटल सङ्घमा ९०  होटल रहेका छन् । ती होटलको क्षमता १० हजार जना अट्ने क्षमता रहेको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताए। 
    
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार