काठमाडौं, असार ४ :
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका थिए ।
सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिड्ने काम प्रतिनिधिसभा नियमावली विपरीत रहेको उनको भनाइ छ । उनले सरकार अझै बढी जिम्मेवार भएर प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नुपर्ने धारणा राखे।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक