
फाइल तस्बिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए।
बैठकले निर्वाचन समितिद्वारा प्रस्तुत नियमावली र निर्देशिकालाई समेत आवश्यक परिमार्जनसहित पारित गरेको छ । महाधिवेशन प्रतिनिधिको छनोट र योग्यताका सम्बन्धमा पार्टीको विधान र परिमार्जित निर्वाचन निर्देशिकाले स्पष्ट पार्ने लिङ्देनले जानकारी दिए।
प्रस्तावित कार्यतालिकाअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गरिनेछ भने असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको कार्य पूरा गर्ने लक्ष्य राखिएको छ। पार्टीको भावी संरचना र केन्द्रीय कार्य समितिको स्वरूप निर्धारणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ।