मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सङ्‍क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

छानबिन आयोगका लागि २१ करोड ९१ लाख १७ हजार बजेट विनियोजन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ असार, २०८३ मा प्रकाशित
सङ्‍क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम
काठमाडौं, असार ४ :

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताएकी छन् ।

बिहीबार संसदमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री गौतमले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश लामो समयदेखि बाँकी रहेको सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताएकी हुन् ।

उनले शान्ति सम्झौता भएको बीस वर्षको अवधिमा शान्ति प्रक्रियामा भएका कामकारबाहीको एकीकृत विवरण तयार गरी यथार्थपरक प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइन् । सङ्क्रमणकालिन न्याय सम्बन्धित आयोगहरु( सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि जम्मा रू २१ करोड ९१ लाख १७ हजार बजेट विनियोजन भएको उनले जानकारी दिइन्। मन्त्री गौतमले  पीडितको परिपूरणको लागि नेपाल सरकारले नियमावली बनाई छुट्टै कोषको स्थापना गरिसकेको उल्लेख गरिन् ।

विधिको शासनमा आधारित लोकतान्त्रिक व्यवस्थामा न्यायालयका आदेशहरूको सम्मान र कार्यान्वयन राज्यको उत्तरदायित्वको मूल आधार हो भन्ने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत उनले बताइन् । उनले फैसला कार्यान्वयनको अवस्था अझ प्रभावकारी, समयबद्ध र नतिजामुखी बनाउन आवश्यक सुधारका प्रयासहरू अघि बढाइने बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार