सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

लिङ्देनको आरोप : राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डालाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरे      

पार्टी फुट्ने र जोडिने श्रृखला चलिराख्छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ असार, २०८३ मा प्रकाशित
लिङ्देनको आरोप : राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डालाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरे       
फाइल तस्बिर ।
काठमाडौं, असार ५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिदा पार्टीभित्रकै केही नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका छन्।

उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुविधामा बस्न जरुरी नभएको बताए । राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरब भएपनि विगतको नेतृत्वका छोड्नुपर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।

उनले संगठन सञ्चालनका लागि पुराना कुराहरुको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृखला चलिराख्ने तर्क गरे । व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनको भनाइ थियो ।

उनले आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखे ।

 बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरण बहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धि निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि नियमावली प्रस्तुत गरे भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार