सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार खेलकुद फुटबल

मुख छोपेर विपक्षी खेलाडीसँग कुरा गरेकाले अलमिरोन रातो कार्ड पाउने पहिलो खेलाडी बने

१-० गोल अन्तरले पाराग्वेको जित
सक्रिय न्युज · शनिबार, ६ असार, २०८३ मा प्रकाशित
मुख छोपेर विपक्षी खेलाडीसँग कुरा गरेकाले अलमिरोन रातो कार्ड पाउने पहिलो खेलाडी बने
काठमाडौं, असार ६ :

पाराग्वेका खेलाडी मिगोएल अलमिरोन विश्वकपको खेलमा प्रतिद्वन्द्वी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख हातले छोपेको कारण रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।

३२ वर्षीय अल्मिरोनले  मर्ट मुलदुरसँग कुरा गर्दा आफ्नो मुख हातले ढाकेका थिए। त्यसपछि मुल्दुरले तुरुन्तै नजिकै रहेका खेल अधिकारीलाई यसबारे जानकारी गराएका थिए।

भिडियो सहायक रेफ्रीद्वारा घटना जाँच गरेपछि इभान बार्टुनले दर्शकहरूलाई सम्बोधन गर्दै पूर्व न्यूक्यासल युनाईटेड विंगर अल्मिरोनलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउने निर्णय सुनाए।

यो घटना पहिलो हाफ समाप्त हुनुअघि भएको थियो त्यतिबेला पाराग्वे १–० ले अगाडि थियो।

अल्मिरोनलाई खेलको आधाभन्दा बढी समय मैदानबाहिर पठाइए पनि पाराग्वेले आफ्नो अग्रता जोगाउँदै टर्कीमाथि १–० को जित हासिल गर्‍यो।

यस जितसँगै पाराग्वे नकआउट चरण नजिक पुगेको छ। अब शुक्रबार हुने अन्तिम समूह खेलमा अस्ट्रेलियालाई  हराउन सके पाराग्वे अन्तिम ३२ टोलीमा स्थान बनाउन सफल हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार