चितवन, असार ७ :

नेपाली कांग्रेशका सभापति गगनकुमार थापाले रास्वपाको घण्टी बजाएका छन् । चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पुगेका कांग्रेस सभापति थापाले उद्घाटनका क्रममा घण्टी बजाएका हुन् । 

भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरिरहँदा महाधिवेशन शुभकामना दिन मञ्चमा पुगेका सवै अतिथिहरुलाई घण्टी बजाउन दिइएको थियो ।

सहकारीको विषयले रवि र गगनबीचको सम्बन्धमा चिसोपना आइरहेको समयमा थापा महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना दिन पुग्नु र घण्टी बजाउनुले राजनीतिक वृत्तमा चर्चा र चासो बढेको छ । राजनीतिक प्रतिस्पर्धा र मतभेदका बीच पनि प्रमुख दलका नेताहरू एउटै मञ्चमा देखिनुलाई सकारात्मक रुपमा हेरिएको छ ।