नेपाली कांग्रेशका सभापति गगनकुमार थापाले रास्वपाको घण्टी बजाएका छन् । चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पुगेका कांग्रेस सभापति थापाले उद्घाटनका क्रममा घण्टी बजाएका हुन् ।
भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरिरहँदा महाधिवेशन शुभकामना दिन मञ्चमा पुगेका सवै अतिथिहरुलाई घण्टी बजाउन दिइएको थियो ।
सहकारीको विषयले रवि र गगनबीचको सम्बन्धमा चिसोपना आइरहेको समयमा थापा महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना दिन पुग्नु र घण्टी बजाउनुले राजनीतिक वृत्तमा चर्चा र चासो बढेको छ । राजनीतिक प्रतिस्पर्धा र मतभेदका बीच पनि प्रमुख दलका नेताहरू एउटै मञ्चमा देखिनुलाई सकारात्मक रुपमा हेरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक