मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
काठमाडौं, असार ८ :

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ ।

विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान बृद्धिको अनुमान गरिएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रछ । 

पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।विभागका अनुसार, काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ । उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यता धनगढीमा ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । वीरगञ्ज, भैरहवा र घोराहीमा गर्मी र चर्काे घाम रहने छ ।विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक काम बाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार