सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
दाङ, असार ८ :

लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।

हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ । साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार