सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष #विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष
राजनीति

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

पौडेल पक्षका वकिल भन्छन्- थुनामा राखेर अनुसन्धान गर्न आवश्यक छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ असार, २०८३ मा प्रकाशित
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
काठमाडौं, असार ९ :

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अदालतमा उपस्थित गराइएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने कि तारेखमा छाड्ने भन्ने विषयमा भएको बहस सकिएको छ । सरकारी पक्षले अनुसन्धानका लागि थुनामा राख्न अनुमति माग्दा पौडेल पक्षका कानुन व्यवसायीहरुले साधारण तारिखमा राखेर अनुसन्धान गर्न आग्रह गरेका हुन्।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको बहसमा उनी पक्षका कानुन व्यवसायीहरुले पौडेलले प्रमाण नष्ट गर्ने र भागी जाने संभावना पनि नभएकोले थुनामै राखेर अनुसन्धान गर्न आवश्यक नभएको जिकिरका थिए ।अदालतले निर्णय सुनाउन बाँकी छ ।

उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात काठमाडौँ ल्याइएको थियो। काठमाडौँ ल्याएर उनलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको थियो। विभागबाट उनलाई म्याद लिनका लागि विशेष अदालत लगिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार