काठमाडौं, असार १० :

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायिक क्षेत्रलाई मानव अधिकार तथा उपभोक्ता अधिकारप्रति उत्तरदायित्व बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

आयोगले बुधबार काठमाडौंमा आयोजना गरेको व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय सम्वादमा अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा नागरिकको हकअधिकारको रक्षा हुनुपर्ने भन्दै यसका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए।

व्यवसाय, व्यावसायिक गतिविधिसँग सम्बन्धित वातावरण संरक्षण तथा आदिवासी समुदायका अधिकारप्रति सचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ । उनले मानवअधिकारको रक्षाका लागि कडा कानुन आवश्यक रहेको बताए ।

कार्यक्रममा आयोगले व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजनाका विषयमा सङ्घ, प्रदेश र ७५३ स्थानीय तहबाट आयोगले अनुमगन गरी प्रतिवेदन तयार गरिरहेको जानकारी दिए।