बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार

सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्ने दृष्टिविहीनहरूको चेतावनी

गास, बास र कपासको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्ने दृष्टिविहीनहरूको चेतावनी
काठमाडौं, असार १० :

सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहले सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्ने चेतावनी दिएको छ । माइतीघरमा धर्ना बसेका उनीहरुले आफूहरुलाई राज्यले हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप लगाएका छन् ।

आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउँदै उनीहरुले सडकपेटीमा बसेर आफ्नो गला र कला देखाउँदा पनि प्रहरीबाट धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए ।

गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए ।  घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर केही दिनदेखि उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार