चितवन, असार ११ :

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन तालिका फेरि संशोधन गरिएको छ। पार्टीले पाँचौँ पटक तालिका परिमार्जन गर्दै पदाधिकारी पदका लागि मतदान समय राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म निर्धारण गरेको छ।

निर्वाचन समितिका अनुसार पहिलो चरणको मतदान भने पहिले नै सम्पन्न भइसकेको छ। विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको कारण नतिजा केही घण्टाभित्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसअघि तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवादका कारण लम्बिँदै गएको छ। विवाद समाधान र प्रक्रियागत व्यवस्थापनका कारण निर्वाचन तालिका पटक–पटक संशोधन गर्नुपरेको समितिले जनाएको छ।