प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएकोमा पुनः सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । यसअघि पनि बैठक सारिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।