मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग #मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग
राजनीति अर्थतन्त्र

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित

भ्याटको बहुदरका विषयमा अध्ययन गर्न समिति गठन गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ असार, २०८३ मा प्रकाशित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित
काठमाडौं, असार १४ :

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राखे । उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारे ।

सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी बर्षदेखि त्यसको सकारात्मक असर देखिने उहाको भनाइ छ । अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

उनले बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने भन्दै केही कारणले राजस्व संकलनमा समस्या भए आपतकालिन व्यवस्था हुनसक्ने तर्क गरे ।

उनले राइड सेयरिङको कारोवार अरबौंमा रहेकाले उनीहरुलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजिएको जानकारी दिए । आर्थिक विधेयकमाथि आएका केही सशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार