सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत #प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत
अर्थतन्त्र सेयर बजार

पुँजी बजार सुधारमा तीव्र गतिमा काम गर्न अध्यक्ष भट्टराई अर्थमन्त्रीको निर्देशन

सरकारको नीतिअनुसार पुँजी बजार सुधारमा जुट्ने भट्टको प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
पुँजी बजार सुधारमा तीव्र गतिमा काम गर्न अध्यक्ष भट्टराई अर्थमन्त्रीको निर्देशन
काठमाडौं, असार १५ :

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पुँजी बजार सुधार, लगानीकर्ताको हित संरक्षण तथा बजारमा विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिए।

गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न अध्यक्ष भट्टलाई आग्रह गरे। उनले लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। सरकार तपाईंको साथमा छ र आवश्यक सबै सहयोग गर्नेछ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अग्रसर हुनुहोस्,’ मन्त्री वाग्लेले भने।

उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै मन्त्री वाग्लेले बजारमा पारदर्शिता, विश्वास र स्थायित्व कायम गर्न बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति तथा अर्थमन्त्रीको निर्देशनअनुसार पुँजी बजारको विकास र सुधारमा पूर्ण इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार