जनकपुर, असार १५ :

राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलियामा रहेको आफ्नै खेतमा धान रोपेकी छन्। उपसभामुख ठाकुरले आइतबार बिहान आफ्नै खेतमा पुगेर किसानसँगै धान रोप्दै राष्ट्रिय धान दिवस मनाएकी हुन्।

उपसभामुख बन्नुअघि पनि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गरेकी थिइन्।  कृषिसँगको आफ्नो पारिवारिक सम्बन्ध र किसानप्रतिको सम्मानलाई निरन्तरता दिँदै उनले यस वर्ष पनि आफ्नै खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएकी हुन्। हरेक वर्ष असार १५ गते देशभर धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाइन्छ।