कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।
मन्त्री चौधरीले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै धान नेपालीको धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन् ।
उनले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवद्र्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताइन् ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने यस वर्षको धान दिवसको नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री चौधरीले चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
उनले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने बताइन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
थप समाचार
एम्बाप्पेको मजाकले चीनमा चर्कियो विवाद,चिनियाँ ब्रान्डले तोडे सम्बन्ध, ला लिगाको प्रसारण रोकियो
प्रधानमन्त्रीको आसन्न भारत भम्रणका क्रममा जनकपुरधाम-अयोध्या विशेष रेल सेवा उद्घाटनको तयारी
मोरङको रतुवामाईमा गोली चलाएर तीन जना लागुऔषध कारोबारी पक्राउ, दुई भारतीय घाइते