आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार

पौडेललाई थप ३ दिन न्यायिक हिरासतमा राख्न अनुमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
पौडेललाई थप ३ दिन न्यायिक हिरासतमा राख्न अनुमति
काठमाडौं, असार १५ :

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरेको थियो । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको हो ।

यसअघि विभागको पत्रका आधारमा प्रहरीले उपाध्यक्ष पौडेललाई गत असार ८ गते सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । अदालते असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो, सात दिनको म्याद सकिएसंगै पुन म्याद थपका लागि बिभागले पौडेललाई सोमबार अदालतमा हाजिर गराएको हो । अदालतको आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिए ।

श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका सिलसिलामा पौडेललाई पक्राउ गरेको विभागले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार