शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

मिडियामा बोलेकै कारण सुकुम्वासी डम्बर तामाङ पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
मिडियामा बोलेकै कारण सुकुम्वासी डम्बर तामाङ पक्राउ
काठमाडौं, असार १५ :

मिडियामा बोलेका सुकुम्वासी डम्बर तामाङ पक्राउ परेका छन् । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय तामाङलाई प्रहरीले आइतबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा होल्डिङ सेन्टरबाटै पक्राउ गरेको हो।

तामाङ थापाथलीबाट विस्थापित सुकुम्वासी हुन्।तामाङको पक्राउलाई लिएर सरकारको व्यवहारप्रति प्रश्न उठाइएको छ। सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसिरहेका सुकुम्वासीहरूले विरोध जनाउँदै आएका छन्। 

उनीहरूको माग पहिले उचित व्यवस्थापन गरेर मात्रै अन्यत्र स्थानान्तरण गर्नुपर्ने रहेको छ। उनीहरूले आफूहरूको व्यवस्थापन नगरी जबरजस्ती उठिबास लगाउन खोजिएको आरोप लगाएका छन्।

पछिल्लो समय सुकुम्वासीसम्बन्धी समाचार संकलनमा समेत कडाई गरिएको छ। सुरक्षामा खटिएका कर्मचारीहरूले माथिल्लो निकायबाट रिपोर्टिङका लागि अनुमति नभएको बताउने गरेका छन् । तर,  समाचार संकलनमा रोक नलगाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार