
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा स्पेनले अस्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ।
यस खेलको विजेताले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको खेलको विजेतासँग सामना गर्नेछ।
अमेरिकाको लस एन्जलस स्टेडियममा हुने यो खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुनेछ भने नेपाली समयअनुसार शुक्रबार मध्यराति १२:४५ बजे सुरु हुनेछ। खेलको विजेताले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
स्पेनले यस विश्वकपको सुरुआत अपेक्षाअनुसार गर्न सकेको छैन। टोलीले पहिलो खेलमा केप भर्डेसँग अप्रत्याशित ०–० को बराबरी खेलेको थियो। त्यसपछि साउदी अरेबियालाई ४–० ले हराउँदै लय समातेको स्पेनले उरुग्वेमाथि कठिन जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो।
यता अस्ट्रियाले समूह ‘जे’मा उपविजेता बन्दै सन् १९५४ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।