बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० असार, २०८३ मा प्रकाशित
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
काठमाडौं, असार २० :

मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।  विभागका अनुसार आज राति अभिलेख भएको वर्षा मापनमा पछिल्लो २४ घण्टामा काठमाडौँको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, काठमाडौँको बूढानीलकण्ठमा ४४, सुन्दरीजलमा ३० र नागर्जुनमा ३६ मिलिमिटर वर्षा भएको छ । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा २८ मिलिमिटर वर्षा भएको छ । यस्तै, सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको छ । रुकुम पश्चिममा ५९, दाङमा ६७, कास्कीमा ६१, सिन्धुपाल्चोकमा ६५ र लमजुङमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, दैलेख, जाजरकोटर जुम्ला, कालीकोट, प्यूठानलगायत जिल्लामा पनि भारी नजिक वर्षा भएको छ । अहिले पनि काठमाडौँ, बझाङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भइरहेकै छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ ।  

भोलि आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार