बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः सभापति थापा

सक्रिय न्युज · शनिबार, २० असार, २०८३ मा प्रकाशित
शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः सभापति थापा
काठमाडौं, असार २० :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका–७ द्वारा आज आयोजित ‘दिव्य शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुर सम्मान समारोह–२०८३’ मा उहाँले डा दासको सेवा र समर्पणको उच्च प्रशंसा गरे ।

सभापति थापाले डा दासले भारतमा चिकित्सा शिक्षा हासिल गरेपछि काठमाडौँस्थित वीर अस्पताललगायत विभिन्न सरकारी अस्पतालमा लामो समयसम्म नागरिकको उपचारमा समर्पित भएर सेवा दिएको स्मरण गरे ।

“डा दासको योगदान अतुलनीय छ । उहाँले जीवनभर स्वास्थ्य सेवामार्फत समाजप्रति पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हो,” सभापति थापाले भने ।

सभापति थापाले डा दासको योगदानलाई सदैव सम्मान र स्मरण गर्नुपर्ने उल्लेख गर्दै कार्यक्रम आयोजना गरी सम्मान गरेकोमा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल हाडा, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण वडावासीप्रति धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि डा दासले काठमाडौँवासीको स्वास्थ्य सेवामा पुर्‍याएको योगदान ऐतिहासिक रहेको बताए । “डा दासले काठमाडौँवासीको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गरेका छन् ।  उहाँको सेवा र समर्पणलाई महानगरवासीले सधैँ सम्मानपूर्वक सम्झिरहनेछन्,” उनले भने ।

कार्यक्रमअन्तर्गत शताब्दी पुरुष डा गौरीशङ्करलाल दासलाई चाबहिलस्थित उहाँकै निवासबाट परम्परागत बग्गीमा रथारोहण गराई विभिन्न स्थानको परिक्रमा गराइएको थियो । समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झा, डा दासका परिवारजन, आफन्त, विभिन्न विशिष्ट व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार