शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

सिनामंगलको एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
सिनामंगलको एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

काठमाण्डौँ, साउन १८: काठमाण्डौँ महानगरपालिका-९ सिनामंगलको झर्ना गेस्ट हाउसमा आज एक महिला र एक पुरुष मृत फेला परेका छन्।

मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

उक्त होटलमा उनीहरु साउन १५ देखि बस्दै आएको खुलेको काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको उहाले बताउनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार