आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार बागमती प्रदेश

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरुपमा बन्द

सोमबार बिहानदेखि सवारी सञ्चालनको प्रयास गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ असार, २०८३ मा प्रकाशित
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरुपमा बन्द
फाइल तस्बिर ।
काभ्रे, असार २१ :

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग बन्द गरिएको छ । रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग बन्द गरिएको हो। पानीको बहाव सडकमा क्षति पुगेपछि आइतबार अपराह्नदेखि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको हो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले रातिको समयमा आवागमन सञ्चालन नहुने भएकाले वर्षा रोकिएर अवस्था सामान्य भए सोमबार बिहानदेखि सवारी सञ्चालन गर्ने प्रयास गरिने बताए।

राजमार्ग बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा तथा पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई मंगलटार र नेपालथोकमा रोकिएको जनाएको छ। रोशी खोलामा बाढी आउने बित्तिकै बीपी राजमार्गमा सवारी आवागमनमा बाधा सिर्जना हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार