सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्षको भेट

सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ असार, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्षको भेट
काठमाडौं, असार २३ :

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा  सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए ।

सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब रु २५ अर्ब अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार