बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

प्रधानमन्त्रीलाई रुलिङ गर्न हर्क साम्पाङको माग

प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराइयोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीलाई रुलिङ गर्न हर्क साम्पाङको माग
काठमाडौं, असार २४ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् । 

उनले संसदको नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउन समेत सभामुखको ध्यानाकर्षण गराए ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति आपत्ति जनाए । प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ पर्ने तर सांसदहरूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिँदासम्म कुनै कारबाही नभएकोमा उनले आपत्ति जनाए ।

अध्यक्ष साम्पाङले सडक आश्रित दृष्टिबिहीनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै महिनादेखि कम्तीमा १०–१५ जनाबाट सुरु गरेर उनीहरूलाई रोजगारीको प्रबन्ध मिलाउन सरकारलाइ सुझाव दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार