बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

पार्टी एकतालाई पहिलो प्राथमिकता दिन नेताहरूको जोड

क्रियाशील सदस्यता टुंग्याएर नियमित महाधिवेशनको बाटो खुलाउनुपर्ने धारणा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
पार्टी एकतालाई पहिलो प्राथमिकता दिन नेताहरूको जोड
काठमाडौं, असार २४ :

नेपाली कांग्रेसको संस्थापन इतर समूहको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापति तथा विभिन्न तहका नेताहरूले आफ्नो धारणा राखेका छन्।

संस्थापन इतर समूहका नेता मिन विश्वकर्माका अनुसार, बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया सहमतिका आधारमा टुंग्याएर नियमित महाधिवेशनको बाटो खुलाउनुपर्ने धारणा बैठकमा व्यक्त भएको उनले बताए।

नेता विश्वकर्माका अनुसार, सहमति हुन नसके वैकल्पिक विकल्पबारे पनि छलफल गर्नुपर्ने आवाज बैठकमा उठेको छ। त्यसैगरी पार्टीको आन्तरिक विषयसँगै मुलुकको लोकतान्त्रिक प्रणाली, विधिको शासन, संवैधानिक निकायहरूको स्वतन्त्रता तथा संसदको भूमिकामाथि देखिएका चुनौतीबारे पनि बैठकमा गम्भीर छलफल भएको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार