मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक १९ अङ्कले घट्यो

१३ वटै उपसमूह घटे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
नेप्से परिसूचक १९ अङ्कले घट्यो
काठमाडौं, असार २५ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अङ्कले ओरालो लागेर चार सय ५४ दशमलव १९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २१ अङ्कले घटेर एक सय ७८ दशमलव ६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९२ अङ्कले घटेर एक सय ५३ दशमलव ६७ मा पुगेको छ ।  

आज विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर रु चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूह घटेका छन् । आज ४२ कम्पनीको शेयर मूल्य बढ्यो भने दुई सय २९ कम्पनीको शेयर घटेको छ ।

नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार