आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद फुटबल

नर्वेलाई पराजित गर्दै इङल्यान्ड फिफा विश्वकपको सेमिफाइनलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
नर्वेलाई पराजित गर्दै इङल्यान्ड  फिफा विश्वकपको सेमिफाइनलमा
काठमाडौं, असार २८ :

इङल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २–१ गोलले पराजित गर्दै  इङल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार