सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्यो : दुर्गा प्रसाईं

विकृतिका विरुद्ध निरन्तर आवाज उठाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्यो : दुर्गा प्रसाईं
काठमाडौं, असार २८ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्

निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यावहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउदै गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । 

प्रसाईंले  जनताले जुन आशा र भरोसाका साथ भोट दिएर नयाँ नेतृत्व ल्याए, अहिले उनीहरूबाटै गरिब र उत्पीडित वर्गको उठिबास लगाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे।  प्रसाईंले देशमा कुनै पनि पूर्वाधार र बाटोघाटोको राम्रो व्यवस्था नभएको अवस्थामा सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य पारिएको जिकिर गरे ।

प्रसाईंले आफू कुनै पनि कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर व्यवस्थाको विकृतिका विरुद्ध र सर्वसाधारणको हकअधिकारका निम्ति आफ्नो लडाइँ र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

 प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले प्रसाईंलाई कार्यक्रम गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार