आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं, असार २९ :

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । निधनपछि उनका परिवारले शव बुझेका थिएनन् ।

आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो । सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार