आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

देशमा आशाभन्दा निराशा बढी छ : अमरेशकुमार सिंह

राष्ट्रिय एकताको आवश्यकतामा उनको जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
देशमा आशाभन्दा निराशा बढी छ :  अमरेशकुमार सिंह
काठमाडौं, असार ३० :

रास्वपा सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् । उनले  व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गरे ।

सत्तापक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उनले जोड दिए । उनले देश, जनता र लोकतन्त्र नै समाप्त भएमा कसैको अस्तित्व नरहने धारणा राखे ।

सांसद सिंहले संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र घोचपेच बन्द गरी एकजुट हुन आग्रह गरे ।
सबै दल मिलेर एउटा साझा राष्ट्रिय मुद्दा तय गर्न सके देश, संविधान र लोकतन्त्रको रक्षाका साथै जनताको निराशालाई आशामा बदल्न सक्ने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार