
काठमाडौ, असार ३२ :
इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग अन्तिम समयमा २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने उसको सपना अधुरै रहयो।
खेलको दोस्रो हाफको सुरुमै गोर्डनले गोल गर्दै इङ्ग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर अर्जेन्टिनाका मार्टिनेज र फर्नान्डेजले लगातार दुई गोल गर्दै टोलीलाई शानदार पुनरागमनसहित जित दिलाए।
यस जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अब उसले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।