सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

बुटवलमा नक्कली नोट छाप्ने मेसिनसहित ६ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
बुटवलमा नक्कली नोट छाप्ने मेसिनसहित ६ जना पक्राउ
रुपन्देही, असार ३२ :

रुपन्देही प्रहरीले कोठा भाडामा लिएर नक्कली नेपाली नोट छाप्ने गिरोहका एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले १ हजार दरका नक्कली नोट, अत्याधुनिक फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नोट कटिङ मेसिन, विशेष कागज, लेमिनेसन मेसिन, केमिकल तथा ६ थान मोबाइल बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी गंगा कुमारी पुर्वछानेले दुई थान नक्कली हजारका नोट प्रयोगमा ल्याएपछि उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। 

त्यसक्रममा बुटवल–१३ जितगढीस्थित भाडाको दुई कोठामा नक्कली नोट छाप्ने काम भइरहेको खुलेपछि संयुक्त प्रहरी टोलीले गिरोहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार