मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक सात अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
नेप्से परिसूचक सात अङ्कले बढ्यो
काठमाडौं, असार ३२ :

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अङ्कले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अङ्कले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ ।  

आज विभिन्न कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर रु चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ ।

आज एक सय २० कम्पनीको शेयर बढ्दा १५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । नेप्सेका अनुसार आज एनआइविएल ग्रोथ फण्ड, फष्ट माइक्रो फाइन्नास, चिख्र्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, एनआइसी एसिया फेलेक्सी क्याप फण्ड र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार