सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

तलेजु भवानीको चोरी भएको गहना फिर्ता गराउन कूटनीतिक पहल

कार्यवाहक नगरप्रमुख डङ्गोल र अमेरिकाका कार्यवाहक राजदूत भेट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
तलेजु भवानीको चोरी भएको गहना फिर्ता गराउन कूटनीतिक पहल
काठमाडौं, असार ३२ :

तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ ।

काठमाडौँ महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले  नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी हुन्।

डङ्गोलले भनिन्, “काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पु¥याइएका पुरातात्विक महत्व बोकेका वस्तु कानुनी र  कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।”

कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राखेको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताए।
 
तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवीशक्ति वा मातृशक्तिका रुपमा पुजिन्छ ।

कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ ।

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ  । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर  यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार