भक्तपुर, साउन १ :

भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आजबाट श्रावणी मेला सुरु भएको छ ।

मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाइन व्यवस्था गरेको बताएको छ । साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाईएको  छ ।

यो बर्षको मेलामा ५० लाख भन्दी बढी भक्तजनहरुले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अनुमान आयोजक समितिले गरेको छ ।

श्रावण १ गते विहान ७ बजे चन्द्रविनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी मेलाको शुरुवात गरिएको हो ।

३८ दिनसम्म मेला लाग्नेछ ।