सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष #विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष
राजनीति

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश, दीपक भट्टसँगको आर्थिक कारोबार देखिएन

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म साधारण तारेखमा बसेर कानुनी प्रक्रिया सामना गर्नेछन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ साउन, २०८३ मा प्रकाशित
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश, दीपक भट्टसँगको आर्थिक कारोबार देखिएन
काठमाडौं, साउन १ :

विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।

अदालतले तीन आधारमा उक्त आदेश दिएको जनाएको छ। आदेशअनुसार हालसम्म प्राप्त प्रमाणबाट पौडेलको संलग्नता नदेखिएको, आफूविरुद्ध लगाइएको आरोपमा उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा कुनै सम्पत्ति तथा लाभ प्राप्त गरेको देखिने प्रमाण नरहेको उल्लेख गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेपछि विशेष अदालतमा थुनछेक बहस भएको थियो। अदालतको आदेशसँगै अब पौडेलले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म साधारण तारेखमा बसेर कानुनी प्रक्रिया सामना गर्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार