शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार

महाराजगन्जमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाईते : घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार

सक्रिय न्युज · शनिबार, २ साउन, २०८३ मा प्रकाशित
महाराजगन्जमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाईते : घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार
काठमाडौं, साउन २ :

काठमाडौँ महानगरपालिका–४ महाराजगन्जस्थित चक्रपथ सडकमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा घाइते भएका १० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५, बा ७३ ज ३७२३ र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल  एकापसमा ठोक्किदाँ १० जना घाइते भएका थिए ।

दुर्घटनामा संलग्न सबै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौँको मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, निजको भाई १० वर्षीय सुशान्त शाही, ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी साह, भक्तपुर बस्ने ४१ वर्षीय उर्जा लामा, काठमाडौँको बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बू, ललितपुरको इमाडोल बस्ने १८ वर्षीय निउजित, बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, उदयपुरका २५ वर्षीय विनोद थापा मगर र नलपुरका २२ वर्षीय जीवन राना मगर घाइते भएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार