
फाइल तस्बिर ।
काठमाडौं, साउन ६ :
मन्त्रिपरिषद्को बैठक दिउँसो बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिइन् ।
बैठकले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशतको समता कर खारेजीको औपचारिक निर्णय गर्नेछ । साथै विभिन्न नियुक्ति, सरुवा, बढुवालगायतका निर्णय पनि बैठकले गर्ने बुझिएको छ ।
मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्नुअघि नै प्रधानमन्त्री बालेन शाहले हिजो फेसबुकमार्फत कर हटाइएको आकस्मिक रुपमा घोषणा गरेका थिए । उनको यो शैलीलाई लिएर स्वयं सत्तारुढ दलभित्र असन्तुष्टि चुलिएको छ ।