प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाषर्ण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमामनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था र विपद् व्यवस्थापनमा पूर्वतयारीको अवस्थाकाबारे जानकारी माग गरिएको छ ।
त्यस्तै विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्थाको कार्यान्वयन, पहुँच, स्थानगत उपलब्धता, समय र प्रभावकारिताका बारेमा पनि सरकारलाई प्रश्न गरिएको कांग्रेसका सचेतक पदमबहादुर परियारले जानकारी दिए ।
उनले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा स्पष्ट पार्न र विपदबाट थप संकट आउन नदिन तत्काल सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले ध्यानाकर्षण प्रस्ताव पेश गरेको बताए ।
त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवस्था, वैकल्पिक ब्यवस्था र संयन्त्रहरूको प्रबन्ध , विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय लगाएका विषय उल्लेख गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ
थप समाचार
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
यू- १९ एसिया कप क्रिकेटको तयारी, पोखरामा बन्द प्रशिक्षण