काठमाण्डौं, असोज ३० :

आगामी बिहिबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा सहभागी विदेशी टोलीहरु नेपाल आउन सुरु गरेको छ ।

हिजो माल्दिभ्सको टोली नेपाल‌ आइपुगेको छ भने पाकिस्तानी टोली अस्ति आइतवार बिहान काठमाडौं आइपुगेको हो ।

भारत, बंगालादेश र श्रीलंकाको टोली आज आइपुग्ने तथा भुटानी टोली भने भोली आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

साफ च्याम्पियनसिपमा दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहनेछ ।आयोजक नेपाल सहित भारत, श्रीलंका,माल्दिभ्स,भुटान, पाकिस्तान र बंगलादेश यस च्याम्पियनसिपमा सहभागि हुदैछन् ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । यो समुहमा बंगलादेश रहेको छ ।

साफको समूह बी मा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।

नेपालले  साफ च्याम्पियनसिप लगातार आयोजना गरेको यो तेस्रो पटक हो । नेपाल अहिलेसम्म साफमा च्याम्पियन बन्न सकेको छैन ।