काठमाडौं, साउन ८ :

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) को भारत भ्रमणबारे अनविज्ञता प्रकट गरेको छ। 

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बेनको भ्रमणबारे मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताएका हुन्।

बेन सुटुक्क भारत गएर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको विषय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिरिएको छ।  प्रधानमन्त्रीले आफू भारत नगएर प्रमुख सल्लाहकारलाई पठाएको भन्दै यसलाई राजनीतिक वृत्तमा गम्भिरतापूर्क लिइएको छ ।

यसैबीच सुशासनको कुरा गरेर सत्तामा पुगेका प्रधानमन्त्री शाहले कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री स्तरीय सुविधा दिएर नियुक्ति दिएको खुलेको छ । सुरुमा पाँच जनालाई सचिवालयमा नियुक्त गरेका प्रधानमन्त्री शाहको सचिवालय पनि २७ सदस्यीय जम्बो नै भएको छ ।