शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार प्रदेश कर्णाली प्रदेश

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

सक्रिय न्युज · शनिबार, ९ साउन, २०८३ मा प्रकाशित
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
मुगु, साउन ९ :

मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।

रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उनका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।  

उक्त पहिरोबाट जगनाथ र उहाँकी श्रीमती सिर्जना बडुवाललाई सामान्य चोट लागेको छ । लामाको घर पूर्णरूपले क्षति भएको र अन्य आठ घर पहिरोको जोखिममा रहेका जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताए ।

घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ ।

पुलु पुग्न मुगु सदरमुकामबाट सात घण्टा पैदल हिँड्नुपर्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार