बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सक्रिय न्युज · शनिबार, ९ साउन, २०८३ मा प्रकाशित
खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
कैलाली, साउन ९ :

कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका थिए ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार