शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार

देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख

सक्रिय न्युज · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
सुनसरी, साउन १२ :

सुनसरीको देवानगञ्जको घटनापछि  उत्पन्न  स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो ।

उक्त  घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो । देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

जिल्लास्थित पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फका केही बजार भने बन्द रहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयको पहलमा सोमबार भएको सर्वपक्षीय बैठक र जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार