शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार भिडियो

लघुवित्त पीडितले सुरु गरे माइतीघरमा आमरण अनशन

माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
लघुवित्त पीडितले सुरु गरे माइतीघरमा आमरण अनशन
काठमाडौं, साउन १२ :

लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएको दाबी गर्ने एक समूहले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेको छ। उनीहरु बन्दोबस्तीका सामानसहित आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

संघर्ष समितिले सरकारले यसअघि लघुवित्त पीडितका एक समूहसँग गरेको सहमति कार्यान्वयन नभएको र न्यायका मागहरू अझै बेवास्ता गरिएको आरोप लगाउँदै बाध्य भएर आमरण अनशनमा बस्नुपरेको जनाएको छ।

यसअघि सरकारसँगको वार्तापछि एक समूहले आन्दोलन स्थगित गरेको भए पनि अर्को समूहले सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन सुरु गरेको हो। संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिएको छ।

समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न नागरिक, किसान तथा मजदुरहरू लघुवित्त तथा वित्तीय संस्थाहरूबाट चर्को ब्याजदर, धितो लिलामी र गैरकानुनी असुलीको मारमा पर्दै आएका छन्। ती समस्याको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनीहरूको माग छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार